काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको गत साता बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।