काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले झण्डैं नौं करोड रुपैंयाँ खुद मुनाफा कमाएको छ । संस्थाले चालु आर्थिक बर्षको पछिल्लो छ महिनाको अवधिमा आठ करोड ६० लाख ३० हजार २३ रुपैंयाँ खुद मुनाफा कमाएको हो । संस्थाले गत आवको सोही अवधिमा भने छ करोड १७ लाख १७ हजार छ सय रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ७० करोड ८५ लाख आठ हजार तीन सय ४५ रुपैंयाँ रहेको छ । संस्थाले चालु आवको पछिल्लो छ महिनामा दुई अर्ब ८७ करोड ३३ लाख ५९ हजार चार सय २२ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब छ करोड १६ लाख पाँच हजार आठ सय ४० रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३४ करोड ५२ लाख ४० हजार दुई सय १७ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव १५ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा दुई अर्ब ५६ करोड ९३ लाख ४२ हजार सात सय ९० रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ९२ करोड ८८ लाख ४२ हजार चार सय ६७ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड १३ लाख ४९ हजार आठ सय ५६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।