काठमाडौं । ‘वाई–फाई नेपाल’ले छोटो समयमा नै १ लाख परिवारमा सेवा विस्तार गरे ठूलो सफलता प्राप्त गरेको जनाएको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको कम्पनीले तीन वर्षको अवधिमा उक्त सेवा विस्तार गनै सफल भएको हो ।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ देशभर १०० भन्दा बढी सहरहरूमा विस्तार भइसकेको कम्पनीले जनाएको छ । साथै कम्पनीले ४० भन्दा बढी सम्पर्क कार्यालयहरूमार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ । वाई–फाई नेपालले देशभर ५ सय बढी कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेको उल्लेख गरेको छ । वाई–फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ । साथै सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ । सस्तो तथा सुलभ दरमा भरपर्दाे इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई–फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगी÷व्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।
‘छोटो समयमै एक लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो’, कम्पनीले भनेको छ आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो । प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने, ‘ग्राहक महानुभावहरूले वाई–फाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौँ । यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ ।’ वाई–फाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको जानकारी दिएको छ ।