काठमाडौं । आईसीसी टी–२० विश्वकप खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट ३ करोड ७६ लाख ६६ हजार ८८ नेपाली रुपैयाँ पाउने भएको छ ।
आईसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वकपमा सहभागी टोलीले पाउने रकम घोषणा गरेको थियो । आईसीसीले एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कारस्वरुप सहभागी टोलीलाई वितरण गरेको जनाएको छ । यो रकम सन् २०२४ को विश्वकपभन्दा बढी हो ।
विश्वकपमा नेपालले समूह चरणमा चार खेल खेलेको थियो । समूह चरणमा तीन खेलमा हार भोगेको नेपालले अन्तिम खेलमा भने स्कटल्यान्डलाई हराएको थियो । विश्वकप विजेता भारतले ३८ करोड ८१ लाख १३ हजार १६३ नेपाली रुपैयाँ प्राप्त गरेको छ ।