काठमाडौं । दिगो बैंकिङ प्रवर्द्धनको लागि महालक्ष्मी विकास बैंकले पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले यही फागुन २४–२५ गते बैंकको वाषिक कार्यक्रमअन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवद्र्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका अनुसार विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिताका साथ सम्पन्न कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचनपछिको सकारात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक चुनौतीहरूको समेतको विश्लेषण गरेको छ । बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिकरुपमा पदयात्रा गर्दैै कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दैआएको बैंकको हाल देशभर एक सय तीनवटा शाखा कार्यालयहरू र करिब आठ लाख ५० हजारभन्दा बढी ग्राहकहरू रहेका छन् ।