काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा ब्रोकर कम्पनीहरुलाई कारवाही गरेको छ । बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ७ फ को उपदफा (१) को खण्डको विपरीत कार्य गरेको आधारमा तीनवटा कम्पनीहरुलाई कारबाही स्वरुप आर्थिक जरिबाना गरिएको हो ।
बोर्डका अनुसार कारबाहीमा पर्ने ब्रोकर कम्पनीहरुमा सिप्ला सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, श्री कृष्ण सेक्युरिटिज लिमिटेड डिल्लीबजार र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालि रहेका छन् । यी तीनवटा कम्पनीहरुलाई क्रमशः ५० लाख, ३० लाख र ३० लाख रुपैयाँ गरी कुल एक करोड १० लाख रुपैयाँ नगद जरिबाना तिराएको बोर्डले जानकारी दिएको छ ।