काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपालका युवा उपभोक्तालाई उनिहरूको दैनिक गतिसँग मेल खाने प्रकारको स्मार्ट फोन चाहिने भएकाले नेपाली बजारमा यसलाई उपलब्ध गराइएको बताए । ‘स्र्पाक गो ३ मार्फत हामी बलियोपन, बुद्धिमत्ता र भरोसायोग्य कनेक्टिभिटी भएको फोन ल्याएका छौँ । जसको डिजाइन पनि जीवनशैलीसँग मेल खान्छ,’ अर्जितले भने, ‘अत्ति नै बलियो’ हाम्रो दर्शनअनुसार पहिलो दिनदेखि नै स्थायित्व र आत्मविश्वास दिन तयार गरिएको छ ।’ र्स्पाक गो ३ दैनिक प्रयोगका चुनौतीहरू सहज रूपमा सामना गर्न सक्षम छ । यसमा आइपी ६४ धुलो र पानीका छिटाबाट सुरक्षा तथा ड्रप–रेडी टिकाउ डिजाइन समावेश गरिएको छ, । यस फोनमा १२० एचजेड सुपर स्मुथ डिस्प्ले रहेको छ । जसले स्क्रोलिङलाई सहज, टचलाई छरितो र दृश्य अनुभवलाई प्रिमियम बनाउँछ ।