काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २६ दशमलव सात अंकले खुम्चिएको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १३ दशमलव ५१ अंकले उकालो लागेर २८ सय १२ दशमलव ३४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले उकालो लागेर चार सय ८२ दशमलव ५६ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४० वटा कम्पनीहरुको एक लाख छ हजार एक सय ४० पटकको कारोबारमा तीन करोड ४८ लाख ५२ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १२ अर्ब तीन करोड ४४ लाख छ हजार तीन सय २८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैक, जलबिद्युत, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने फाईनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।