सियोल । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारीक तथ्यांकले बुधबार देखाएको छ । तथ्यांक मन्त्रालयको तथ्यांकअनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका बेरोजगारको संख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ ।
सिन्ह्वाका अनुसार यो गत वर्षको सेप्टेम्बर पछि सबैभन्दा तीव्र गतिमा भएको विस्तार हो भने गत वर्षको जनवरीदेखि लगातार १४औँ महिनामा हालसम्म वृद्धि जारी रहेको जनाइएको छ । समग्र रोजगारी वृद्धिमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको रोजगारीको संख्या वार्षिक आधारमा फेब्रुअरीमा दुई लाख ८७ हजारले बढेको छ भने ३० र ५० वर्ष उमेर समूहको क्रमशः ८६ हजार र छ हजारले बढेको जनाइएको छ ।
यद्दपी २० वर्ष उमेर समूहका मानिसहरूको रोजगारीमा एक लाख ६३ हजारको संख्यामा गिरावट आएको छ भने ४० वर्ष उमेर समूहका मानिसहरूको रोजगारी अपरिवर्तित रहेको जनाइएको छ ।