काठमाडौ । बजाज अटो लिमिटेडले ‘वाडा अटो शो’ को दोस्रो संस्करणमा नयाँ इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गरेको छ । बुधवारदेखि पोखरामा सुरु भउको वाडा अटो शोमा कम्पनीले नयाँ इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गरेको हो ।
गण्डकी प्रदेशकै प्रमुख अटोमोबाइल प्रदर्शनीको रूपमा रहेको वाडा अटो शोले पोखरेलीहरूलाई चेतक ईभीको प्रत्यक्ष अनुभव लिने सुनौलो अवसर प्रदान गर्नेछ । स्टल नम्बर सी३२ मा अवस्थित बजाजको यस प्रदर्शनीले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको उत्कृष्ट सङ्गमलाई प्रस्तुत गर्ने कम्पनीको भनाई छ । आगन्तुकहरूले चेतक ३५०१ लाई नजिकबाट नियाल्न पाउनुका साथै यसको मजबुत मेटल बडी, स्मार्ट टीएफटी डिस्प्ले र नेपालको विविध भौगोलिक अवस्था सुहाउँदो सुरक्षा विशेषताहरूको प्रत्यक्ष जानकारी लिन सक्नेछन् । सहभागीहरूले लेकसाइडको सुन्दर रुटमा टेस्ट राइडका लागि दर्ता गर्न सक्नेछन् । प्रदर्शनीस्थलमै बुकिङ गर्दा उपलब्ध हुने विशेष ‘अन–द–स्पट’ अफरहरूको लाभसमेत लिन सक्नेछन् । उत्कृष्ट निर्माण गुणस्तर, आकर्षक डिजाइन र टिकाउपनको साथ बजाज चेतक ३५०१ वाडा अटो शो २०२६ को मुख्य आकर्षण बन्ने कम्पनीको दाबी छ ।