टोक्यो । कम्पनीका अनुसार कार्यक्रममा कम्युटर, प्रिमियम तथा इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण सवारीहरूको प्रदर्शन गरिएको छ । ग्राहकहरूलाई आठ हजार रुपैयाँसम्मका भ्यालु एडिसन, सात हजार रुपैयाँसम्म नगद छुट तथा तीन हजार सात सय १० रुपैयाँबाट सुरु हुने ईएमआई योजना जस्ता विशेष अफरहरू उपलब्ध गराइएको छ । साथै, ५० भन्दा बढी रीकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागितासहित एक्सचेन्ज कार्यक्रम सञ्चालन गरिएको छ, जहाँ पुराना सवारीसाधनको प्रतिस्पर्धात्मक मूल्यांकन सुनिश्चित गरिएको छ । कम्पनीले ग्राहकहरूलाई चैत १६ भित्र भृकुटीमण्डप पुगेर विशेष अफर, एक्सचेन्ज सुविधा तथा विविध गतिविधिहरूको लाभ लिन आग्रह गरेको छ ।