बेरुत । हेजबुल्लाहसँग युद्ध सुरु भएको दिन मार्च २ देखि इजरायलले गरेको आक्रमणबाट ४६ सहायताकर्मी र पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले बताएका छन् ।
नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ ।
दक्षिण लेबनानमा शनिबार मारिएका नौ चिकित्सकमा हेजबुल्लाहको इस्लामिक स्वास्थ्य समितिका चार जना रहेका छन् जसलाई उद्धार अभियानका क्रममा इजरायली आक्रमणको निशाना बनाइएको थियो र पाँच जना हेजबुल्लाह–सहयोगी अमाल आन्दोलनका ‘रिसाला स्काउट्स’को सेवामा रहेका समय मारिएका थिए । एएफपी