इनरुवा (सुनसरी) । सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुहबी नगरपालिका–९ का २२ वर्षीय युवक विपीन चौधरी को मृत्यु भएको छ ।
सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुहबी–९ का २२ वर्षीय मोटरसाइकल चालक विप्लव चौधरी सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।