काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन १९ दशमलव ७० अंकले उक्लिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ७४ दशमलव ७३ अंकले ओरालो लागेर २७ सय ७६ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २१ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ६३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको एक लाख २३ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड दुई लाख ९२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम १२ अर्ब १० करोड ९५ लाख २५ हजार पाँच सय ६१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । ति मध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै राताम्मै देखिएको छ ।