काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ । सो समूहले बुधबार एक कार्यक्रमका बीच उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको थियो । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा जोडिन पाउँदा गर्व महसुस र यो सहकार्य निरन्तर रहने बताए ।
त्यस्तै किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले यस सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठूलो सहयोग पुग्ने बताए । सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजनाअन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ ।