काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता महाशाखाको निर्देशनबमोजिम संस्थाले बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान सीप र मनोवृत्तिको विकास गर्ने उदेश्यका साथ हरेक वर्ष झैँ यस वर्ष पनि ग्लोबल मनि विक २०२६ को अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको हो ।
संस्थाले स्मार्ट मनि टक्स भन्ने मूल नाराका साथ संस्थाको प्रदेश कार्यालयअन्तर्गत रहेका २२ वटा शाखा कार्यालयहरूमा गरी जम्मा १४ सय ९७ जना वालवालिका, युवा तथा सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।