काठमाडौं । ब्रहृम ज्योति होल्डिङ लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नियुक्तिसम्बन्धी सम्झौता आइतबार सम्पन्न भएको हो । सम्झौतामा ब्रहृम ज्योति होल्डिङ लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक राम प्रसाद पाण्डे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका थिए ।
कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयरहरू सर्वसाधारणहरूमा निष्कासन गर्ने लागेको हो । कम्पनीले बाग्लुङ्ग र गुल्मी जिल्लामा जलविद्युत् परियोजनाहरू निर्माणका साथै देशका विभिन्न क्षेत्रमा कृषि तथा होटेल र रिसोर्ट सञ्चालनमा ल्याएको छ ।