काठमाडौँ । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले स्रोत नखुलेको नगद रु. आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी गराएका् छ । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।