काठमाडौं । पुराना राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्वपा) को नेतृत्वकै सरकारमा रहेका प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुको सम्पत्तिको स्रोत पहिला खोज्नुपर्ने देखिएको छ । उनीहरुले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणले सबैलाई झस्काएको छ ।
कलिला उमेरका मन्त्रीहरुको सुन, घरजग्गा, नगद सम्पत्ति समाजका अति धनाढ्य परिवारका सदस्यको जस्तै देखिएको छ । तर, अधिकांश मन्त्रीहरुका बाऊ, आमाको आर्थिक हैसियत सामान्य नै छ । तर, मन्त्रीहरुको पढाईमा गरेको समय खर्च र धन कमाउन लगाएको समयको खर्चको कुनै पनि तालमेल देखिँदैन । त्यसैले इतिहासमै सबै भन्दा धनी देखिएका मन्त्रीहरुको सम्पत्तिको स्रोत शंकास्पद नै छ ।
अधिकांश ४० वर्ष भन्दा कम उमेरका मन्त्रीहरुले कुन स्रोतबाट यति धेरै सम्पत्ति जोडे भन्ने बारेमा आम नागरिकले आशंका गर्ने प्रशस्त ठाउँ छ । मन्त्रीहरुले आफूले खरिद गरेको सुन, चाँदी, हीरा, घरजग्गाको बिल देखाउन सक्ने जिकिर गरे पनि सो बिल बराबरको सम्पत्ति कुन स्रोतबाट जम्मा गरे भन्ने विषयले धेरैलाई आश्चर्यमा पारेका छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवाको सर्वाधिक सम्पत्ति छ भनेर हल्ला भइहरेको बेला उनीहरुलाई नै माथ गर्नेगरी बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएपछि अब उनीहरुको सम्पत्तिको स्रोत खोज्ने कि नखोज्ने भन्ने प्रश्न उठेको छ । यसको जवाफ मन्त्रीहरुले संसदमै दिनुपर्ने देखिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री वालेन्द्र शाहको काठमाडौंमा पाँच आना जग्गा, धनुषामा एक दशमलव दुई बिघा र महोत्तरीमा नौ बिघा जग्गा रहेको छ । जुन उनको पैतृक सम्पत्ति रहेको जनाएको छ । काठमाडौं र धनुषाको जग्गा भने आमा ध्रुवदेवी शाहको नाममा र महोत्तरीको जग्गा स्वर्गीय बुबा राम नारायण शाहको नाममा रहेको छ । शाहको श्रीमती सविना काफ्लेको नाममा एक सय ९० तोला सुन रहेको छ ।
शाहले सामाजिक सञ्जालबाट समेत आम्दानी गरेको छ । शाहले एक दशमलव ४६ करोड सामाजिक सञ्जालमार्फत आम्दानी गरेका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्ले
गोरखामा जन्मिएको स्वर्णिम वाग्लेले हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ रवि भवनमा बस्दै आएका छन् । वाग्लेको दुई करोडको ललितपुर सानेपास्थित अपार्टमेन्ट, पाँच करोडको ललितपुर भैँसेपाटीस्थित घर, तीन करोड ७५ लाखको काभ्रे धुलिखेलस्थित अपार्टमेन्ट र दुई करोडको तनहुँ बन्दिरपुरमा घर तथा जग्गा रहेको छ ।
स्थायी लेखा नम्बर १०७१०६८६७ रहेको छ । वाग्लको गोरखामा पाँच लाखबराबरको पाँच रोपनी र तनहुँ भानु नगरपालिका वडा १० मा आठ लाख ५० हजारबराबरको छ रोपनी जग्गा रहेको छ ।
त्यस्तै उनको पारिवारिक सदस्य अर्थात् बुबा जीवन राज वाग्लेको नाममा काठमाडौं चन्द्रागिरीमा २० लाखबराबरको तीन रोपनी जग्गा, गोरखा सहिदलखन वडा ८ मा तीन रोपनी जग्गा, रत्नगर वडा ४ र १४ मा ८० लाखबराबरको पाँच कट्ठा जग्गा रहेको छ । उनले बुबाको रोजगारी र बचत, पैतृक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी र श्रीमतीको आम्दानीमार्फत उक्त सम्पत्ति जोडेको स्पष्ट पारेका छन् ।
उनीसँग ४५ तोला सुन रहेको बताएको छ । उनले उक्त सम्पत्ति पारिवारिक तथा रोजगारीमार्फत जोडेको बताएका छन् ।
मन्त्री वाग्लेसँग विभिन्न बैंकमा बचत रकम एक करोड ९० लाख रहेको बताएका छन् । उनले आफू र श्रीमतीले आम्दानी तथा सापटीमार्फत उक्त रकम भएको उल्लेख गरेका छन् ।
उनीसँग सानिमा मिडल तमोर हाइड्रो ७१ हजार ९३ कित्ता र सांग्रीला विकास बैंकको प्रमोटर सेयर २५ हजार सात सय ६२ कित्ता रहेको छ । नेशनल फन्ड म्यानेजमेन्ट लिमिटेडको ९० लाख, ठूलो खोलाको ६० लाख र अपर मादी खोलो हाइड्राको तीन करोडबराबरको प्रमोटर सेयर रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय रोजगारी र निजी निवास बिक्री र २०८४ सम्ममा अन्य हाइड्रोको सेयर बिक्री गरी लगानी गर्ने सर्तमा उक्त रकमबराबरको सेयर प्राप्त गरेको उल्लेख गरेका छन् ।
मन्त्री वाग्ले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख, स्टयाण्र्ड चार्टर बैंकबाट ७५ लाख र ग्लोबल आईएमईबाट एक करोड पाँच लाख ऋण लिएको बताएका छन् । उनले ३८ लाख र ७५ लाख तिरेको समेत बताएका छन् । व्यक्तिगत सापटीस्वरूप उनले दुई करोड ५० लाख रुपैयाँ ऋण लिएका छन् । उक्त ऋण सेयर तथा सम्पत्ति बिक्रीमार्फत गर्ने भाका समेत राखेका छन् ।
वाग्लेसँग ९४ लाख मूल्यको सुवारु एक्स भि बा अ बा ४९९० नम्बरको सवारीसाधन रसहेको छ । २०७९ मा किनेको उक्त गाडी अन्तर्राष्ट्रिय रोजगारी र विभिन्न संस्थाको अध्यक्ष हुँदाको आम्दानीबाट खरिद गरिएको बताइएको छ ।
शिशिर खनाल
मन्त्री खनालको विभिन्न स्थानमा जग्गा रहेको छ । जुन पारिवारिक रहेको छ । उनको काठमाडौं टोखा वडा १० मा तीन लाखबराबरको छ आना, तनहुँ वडा ७ मा १५ रोपनी, पूर्व नवलपुर देवचुली वडा २ मा १३ रोपनी र नेपालगञ्ज वडा २ मा दुई कट्ठा जग्गा रहेको छ । जुन जग्गाहरू उनको बुबा सूर्यभक्ता खनालको पैतृक र खरिद गरिएको बताइएको छ ।
उनीसँग चल सम्पत्तिको रूपमा २२ तोला सुन, २५ तोला चाँदी र १० लाख नगद रहेको छ । उक्त सम्पत्तिको स्रोत भने उनले खुलाएका छैनन् ।
मन्त्री खनालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा तीन लाख २० हजार पाँच सय ४७ रुपैयाँ ५८ पैसा, नबिल बैंकमा दुई लाख एक हजार चार सय पाँच रुपैयाँ ७२ पैसा राष्ट्रिय वाणिज्य बैंकमा दुई लाख ६८ हजार एक सय ४१ रुपैयाँ र ग्लोबल आईएमईमा १७ हजार चार सय ७७ रुपैयाँ ८६ पैसा नगद रहेको छ । अच्युता अधिकारीको एभेरष्ट बैंकमा ४३ हजार आठ सय तीन रुपैयाँ १६ पैसा र नबिल बैंकमा चार हजार आठ सय ८२ रुपैयाँ ७८ पैसा रहेको छ । उनले नगद मौज्दातको समेत प्राप्तिको स्रोत भने उल्लेख गरेका छैनन् ।
उनले विभिन्न कम्पनीमा सेयर वा ऋणपत्र रहेको उल्लेख गरेका छन् । जसअनुरूप पिक एन्ड ड्रपको ३३ प्रतिशत, रिग्पा इन्टरनेसलन लिमिटेडको एक सय प्रतिशत, ताजा एग्रो फर्मको १६ प्रतिशत, बीपीडब्लू माइक्रो फाइनान्सको दुई हजार पाँच सय ६० कित्ता, ओम मेगाश्री फर्मास्युटिकललको एक सय नौ कित्ता र ग्लोबल आईएमई बैंकको ५० कित्ता सेयर रहेको छ । र अन्य कम्पनीहरको एक सय ७३ कित्ता सेयर रहेको छ ।
अच्युत अधिकारीको चन्द्रागिरी हिल्सको ३० कित्ता, जोशी हाइड्रोपावरको दुई सय कित्ता, मुक्तिानाथ विकास बैंको एक सय १२ कित्ता, नेपाल बैंकको दुई सय कित्ता, नेशनल हाइड्रोको एक सय कित्ता, नबिलको चार हजार छ सय ३३ कित्ता, नेपाल रिपब्लिक मिडियाको एक सय २५ कित्ता सेयर रहेको छ । उनको राधी हाइड्राको २४ कित्ता, समता लघुवित्तको २० कित्ता, सुपर मार्दी हाइड्रोको एक सय कित्ता, शिव श्री हाइड्रोको एक सय ५० कित्ता, युनियन हाइड्रको दुई सय कित्ता र उन्नति सहकारीको ७० कित्ता सेयर रहेको छ ।
मन्त्री खनालले २० लाख बैंक ऋण, ५५ लाख व्यक्तिगत ऋण र २५ लाख रुपैयाँ भने लिनुपर्ने बताएका छन् । उनले विभिन्न सयमा उक्त रकम लिने दिने काम गरेको बताएका छन् ।
उनले बा प्र ०१÷०३३ च ६९०० नम्बर डोङफेङ भिगो सवारीसाधन ४० लाखमा खरिद गरेका छन् । उनले बैंक ऋणमार्फत उक्त गाडी खरिद गरेको बताएका छन् ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ
मन्त्री विराज भक्त श्रेष्ठको स्थायी ठेगाना काठमाडौं महानगरपािलका वडा २४ ईन्द्रचोक रहेको छ भने हाल बसोबास भने काठमाडौं महानगरपालिका वडा १३ ताहचाल रहेको छ ।
उनको अचल सम्पत्तिको विवरणमा काठमाडौं महानगर वडा २४ मा करिब दुई आना र वडा १३ मा चार आना जग्गा रहेको छ । उनले पैतृक जग्गा बिक्री गरेर उक्त सम्पत्ति आर्जन गरेको उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठको चल सम्पत्तिको रुपमा १५ तोला सुन, ५० तोेला चाँदी रहेको छ । उनले उक्त सम्पत्ति पैतृक र विवाहमार्फत प्राप्त भएको उललेख गरेका छन् ।
उनको लुम्बिनी बैंकमा २४ लाख १७ हजार दुई सय, एभेरष्टमा सात लाख तीन हजार दुई सय ४८, सिटिजन्समा एक लाख ४३ हजार ३३, सिनर्जी कोपरेटिभमा १५ लाख, राष्ट्रिय वाणिज्य बैंकमा १२ लाख ४२ हजार, नबिलमा एक लाख ६३ हजार छ सय ३६ र सिनर्जी कोपरेटिभमा एक हजार नगद मौज्दात रहेको छ । उनले उक्त सम्पत्ति स्वआर्जन गरेको बताएका छन् । उनी र श्रीमती सृष्टि सिंहको नामा सिनर्जी कोपरेटिभमा २५ लाख रहेको समेत उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठको विभिन्न कम्पनीहरूको एक करोड ४५ लाख ४८ हजार चार सय २०बराबरको २० हजार नौ सय ७८ कित्ता सेयर रहेको छ । उनले उक्त सेयर दैनिक रुपमा खरिदबिक्री गर्ने बताएका छन् ।
उनले २० लाख र ३० लाख ऋण लिएको बताएका छन् भने तीन लाख ५० हजार ऋण तिरेको उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठसँग सवारीसाधनको हकमा बा १ च ७५९३ नम्बरको आठ लाख ५० हजार मूल्यको ल्याण्ड क्र्ुजर टोयटा, प्रदेश ३÷०२ (००८ प ३०८९ को दुई लाख ४६ हजारको स्कुटर र प्रदेश ३(०१(०२३ च ३२४४१ को १९ लाख ७५ हजारको एमजी इलेक्ट्रकल सवारीसाधन रहेको उल्लेख गरेका छन् । ल्याण्ड क्रुजर र स्कुटर आफ्नो र स्वआर्जनटबा खरिद गरेको र एमजी सवारीसाधन बुबाको नाममा रहेका सवारीसाधनको बिक्री तथा मुद्दती खाताबाट स्वआर्जन गरी खरिद गरेको बताएका छन् ।
उनीसँग टिर्सट, स्वाच, अर्मानी र अभिमा नामका तीन लाखबराबरको घडीहरू रहेको बताएका छन् । उनले स्वआर्जन र विवाहमार्फत उक्त घडीहरू प्राप्त गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङको स्थायी ठेगाना गोरखा चुमनुव्री वडा ३ रहेको छ भने हाल ललितपुर मन्त्री निवासमा बसोबास गरिरहेका छन् ।
उनको धनकुटा कार्कीछाप वडा ५ मा १९ रोपनी १५ आना, बुबा दिल बहादुर गुरुङको भरतपुर गुञ्जनगर वडा ३ मा ३० कट्ठा र बाजे रामसल गुरुङ तथा परिवारको गोरखा चुमनुव्री वडा ३ मा दुई सय २१ रोपनी जग्गा रहेको छ । धनुकटाको आफैँले लगानीबाट प्राप्त गरेको र अन्य भने पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।
मन्त्री गुरुङको चल सम्पत्तिको रुपमा ८९ तोला सुन, छ किलोग्राम चाँदी रहेको छ, जुन उनले पैतृक भनेका छन् ।
उनको लग्मी सनराइजमा पाँच लाख ३५ हजार चार सय, नबिलमा ५६ लाख २५ हजार नौ सय ७६ रुपैयाँ र सानिमा बैंकमा एक हजार पाँच सय ७४ नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनले उक्त सम्पत्तिको स्रोत खुलाएका छैनन् ।
मन्त्री गुरुङको होप होल्डिङसको ३० लाख, लगुम प्रिपियम आपर्टमेन्टसको ५७ लाख, एडभेन्चर भिल्लाको ७० लाख र दुई करोड ७४ लाख ५६ हजार दुई सयबरारबरको सेयर रहेको छ । उनको उक्त सम्पत्तिको स्रोत व्यसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको बताएका छन् । उनले ऋण लिनेदिने नभएको बताएका छन् ।
मन्त्री गुरुङले ४७ लाख ९९ हजार मूल्यबराबरको ०३२ च ४४७७ एमजी एस फाइभ कार रहेको छ । उनले व्यवसायमार्फत उक्त सवारीसाधन खरिद गरेको बताएका छन् ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको स्थायी ठेगाना तिलोतमा नगरपालिका रुपन्देही वडा ७ भलबारी रहेको छ ।
उनको अचल सम्पत्तिको रुपमा रुपन्देही वडा ७ भलबारीमा घर र घरले ओगटेको जग्गा एक कठा १० धुर जग्गा रहेको छ । जुन आमा जमुना लम्सालको नाममा रहेको छ ।
लम्सालको कावासोतीमा १० कठा १५ धुर, स्याङजा बिरुवास्थित सात रोपनी खेत, २२ रोपनी बारी रहेको बताइएको छ । उक्त सम्पत्ति क्रमशः आमा जमुना लम्साल र बुबा बोधराज लम्सालको रहेको उल्लेख गरेका छन् ।
चल सम्पत्तिअन्तर्गत उनको ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । जसको स्रोत उनले उल्लेख गरेका छैनन् । उनीसँग ९० लाख नगद मौज्दात रहेको बताएका छन् । जसको संस्था र स्रोत उनले खुलाएका छैनन् । उनले सवारीसाधन, सेयरलगायतका सम्पत्ति नरहेको उल्लेख गरेका छन् ।
कानुनमन्त्री सोविता गौतम
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको स्थायी ठेगाना चितवन भरतपुर नगरपालिका वडा १५ रहेको छ भने हाल बसोबास काठमाडौं महानगरपालिका वडा ३ पानीपोखरी रहेको छ ।
उनको अचल सम्पत्तिमा चितवन भरतपुर महानगरपालिका वडा १५ मा छ सय ७७ दशमलव २६ वर्गकिलोमिटरको जग्गा रहेको छ । जुन पैतृक सम्पत्ति भनी उनले उल्लेख गरेका छन् ।
चल सम्पत्तिअन्तर्गत उनको १० तोला र पाँच तोला सुन, नौ तोला चाँदी र एक तोला हिरा रहेको छ । जसको स्रोत उनले विवाहमा प्राप्त भएको र पैतृक सम्पत्ति भएको उल्लेख गरेका छन् । उनीसँग एनआइसी एसियामा तीन लाख ६८ हजार आठ सवय ६७, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार आठ सय ७४ र नबिलमा चार लाख ८१ हजार सात सय ६७, माछापुच्छ्रेमा एक लाख ४४ हजार पाँच सय ५३ र ग्लोबल आईमएईमा आठ हजार दुई सय ७४ नगद मैज्दात रहेको बताएका छन् । जसको स्रोत बचत तलब, व्यवसाय र लगानीबाट प्राप्त नाफा उल्लेख गरेका छन् ।
मन्त्री गौतमको ग्लोब ट्रट हिमालय टुर्स एण्ड टेक्सको ५० प्रतिशत, सोपान मल्टिपल कम्पनी लिमिटेडको छ हजार पाँच सय कित्ता सेयर रहेको छ । उनले पैतृक सम्पत्ति र तलबाट उक्त सेयर प्राप्त गरेको बताएका छन् ।
उनको राष्ट्रिय वाणिज्य बैंकमा २० लाख ऋण लिएको र सात लाख तिरेको र एभरेष्टमा २५ लाख ऋण लिएका छन् । उनले सवारीसाधनका लागि उक्त ऋण लिएको बताएका छन् । मन्त्री गौतमाले २६ लाख मूल्यबराबरको बा ०१(०२९ च ४३३६ को सवारीसाधन रहेको छ । उनले ऋण र तलबमार्फत उक्त सवारीसाधन खरिद गरेको बताएका छन् । उनीसँग बा ३३ प ३९० दुई लाख ७५ हजारको स्कुटर रहेको छ ।
उनको श्रीमान् गृहेन्द्र घिमिरेले ९५ लाखको बा ३० च ६७२२ नम्बरको सवारीसाधन रहेको छ । उनले उक्त सवारीसाधन ऋण तलब तथा पुराना सवारीसाधनमार्फत खरिद गरेका बताएका छन् ।
महिला बालबालिका सिता बादी
महिला बालबालिका तथा ज्येष्ठ मन्त्री सिता बादीको स्थायी ठेगाना कर्णाली सुर्खेत विरेन्द्रनगर वडा ३३ झुप्राखोला रहेको छ भने हाल काठमाडौं बूढानीलकण्ठ वडा ८ रहेको छ । उनको काठमाडौं बूढानीलकण्ठमा ससुराको नाममा पक्की घर रहेको उल्लेख गरेका छन् । जुन उनको ससुराको नाममा रहेको र उनले आर्जन गरेको उल्लेख गरेका छन् ।
मन्त्री बाखदीको नाममा सर्खुेतमा ८४ दशमलव ६५ वर्गमिटर क्षेत्रफलको जग्गा रहेको छ । सुरेश फुर्कुटीको नाममा नुवाकोट फुर्कुटमा छ हजार तीन सय ९० वर्गमिटर जग्गा रहेको छ । उनले सम्पत्तिको स्रोत आवश्यक परे खुलाउने बताएका छन् ।
उनले चल सम्पत्तिअन्तर्गत १८ तोला र १५ तोला चाँदी रहेको छ । जसको स्रोत उनले विवाहमा प्राप्त भएको उल्लेख गरेकी छिन् । उनीसँग नगद ५० हजार रहेकी उल्लेख गरेकी छिन् ।
मन्त्री बादीको एनआईसीमा १५ लाख प्रभु बैंकमा १५ लाख रहेको छ । उनले श्रीमान् सुरेश फुर्कुटी र आफ्नो नाममा रहेको र आवश्यक परे स्रोत उल्लेख गरेकी छिन् । उनी र श्रीमान्को नामा पाँच हजार छ सय सेयर रहेको उल्लेख गरेकी छिन् । उनले ऋण नभएको उल्लेख गरेकी छिन् ।
उनीसँग तीन लाख ३० हजारको स्कुटर र श्रीमान्को दुई लाख ६० हजारबराबरको मोटरसाइकल रहेको उल्लेख गरेकी छिन् ।
बादीको २० वटा कुखुरा र एउटा कुकुर रहेका समेत उल्लेख गरेकी छिन् । उनले सम्पत्तिको स्रोत आवश्यक परेमा सार्वजनिक गर्ने बताएकी छिन् ।
संघीय मामिलामन्त्री प्रतिभा रावल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको स्थायी ठेगाना कञ्चनपुर भिमदत्त नगरपालिका वडा ६ टोल ऐरपुर रहेको छ भने हाल काठमाडौं महानगरपालिका वडा ४ बालुवाटारमा बसोबास गरेकी छिन् । उनको नाममा बूढानीलकण्ठ चपली ३ मा पाँच आना र बारा कोलाबीमा १० धुर जग्गा रहेको छ । जसको मूल्य ७० लाख र पाँच लाख रहेको छ भने उक्त सम्पत्ति श्रीमान्को आम्दानीबाट जोडेको बताएकी छिन् ।
उनले चल सम्पत्तिअन्तर्गत २५ तोला सुन रहेको छ । जसको स्रोत उनले विवाहमा प्राप्त भएको उललेख गरेकी छिन् ।
उनीसँग नबिलमा तीन लाख, ग्लोबल आईएमईमा एक लाख ७८ हजार सात सय ६० र एभरेष्टमा २० लाख रहेको उल्लेख गरेकी छिन् ।
उनीसँग विभिन्न कम्पनीको एक लाख सेयर रहेको छ जुन स्वआर्जन गरेको उल्लेख गरेकी छिन् । मन्त्री रावलले एभेरष्ट बैंकबाट २० लाख ऋण लिएको बताएकी छिन् । उनी र प्रेम अर्यालको नाममा ४४ लाख मूल्यबराबरको एमजी एस फाइभ सवारीसाधन रहेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहता
स्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताको स्थायी ठेगाना सुनसरी इनरुवा वडा २ रहेको छ भने हाल ललितपुर पल्चोक मन्त्री क्वार्टरमा बसोबास रहेका छ ।
उनले काठमाडौं सोखल वडा २ मा सात रोपनी ५२ लाखमा खरिद गरेकी छिन् । उनलको महोत्तरी बल्वामा आठ बिगाह रहेको छ । उनले सो सम्पत्तिको स्रोत श्रीमान् र आफ्नो तलब र ऋणमार्फत जोडेको बताएकी छिन् ।
उनले चल सम्पत्तिअन्तर्गत ३० तोला सुन र ५० तोला चाँदी र हिराको औँठी एक सेट रहेको छ । उनले उक्त सम्पत्ति ५० लाखमा खरिद गरेको र दाइजोमा प्राप्त भएको उल्लेख गरेकी छिन् ।
मेहेताको माछापुच्छे मा सात लाख २३ हजार पाँच सय ३५, सानिमामा १० लाख रहेको छ, जसको स्रोत तलब भनी उनले उल्लेख गरेकी छिन् ।
उनीसँग विभिन्न संस्थाको १४ हजार छ सय ५०, १९ हजार आठ सय ८८, ३६ हजार पाँच सय ९६ र १७ हजार दुई सय तीन मूल्यको करिब दुई सय बढी कित्ता सेयर रहेको छ । उनले उक्त सेयर तलबमार्फत खरिद गरेको उल्लेख गरेकी छिन् ।
उनी सँग २५ लाख मूल्यबराबरको ग्रान्ड आइ १० सवारीसाधन रहेको छ । उनले श्रीमान् र आफ्नो तलबमार्फत सवारीसाधन खरिद गरेकी बिताएकी छिन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल
शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलेको स्थायी अस्थायी ठेगाना काठमाडौं महनगरपालिका वडा ४ सुकेधार रहेको छ ।
उनको चार करोडबराबरको तीन वर्गमिटरमा बनेको घर र पाँच करोडबराबरको छ वर्गमिटर क्षेत्रफल जग्गा तथा घर रहेको छ । जुन उनको आमा मिनाक्षी ओझा पोखरेलेको नाममा रहेको छ । उक्त सम्पत्ति पैतृक भएको उल्लेख गरेका छन् ।
उनले काठमाडौंमा दुई करोड बढी मूल्यको चार आना दुई पैसा, मोरङमा एक करोड, ललितपुर गोदावरीमा एक दशमलव पाँच करोड र काठमाडौं गोकर्णेश्वरमा एक दशमलव पाँच करोड मूल्यबराबरको जग्गा रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्तिको स्रोत पैतृक सम्पत्ति रहेको बताएका छन् ।
मन्त्री पोखरेलसँग २५ तोला सुन र एक सय तोला चाँदी रहेको छ । जसको अनुमानित रकम ७५ लाख रहेको छ, जसको स्रोत पैतृक रहेको उल्लेख गरेका छन् ।
उनको सानिमामा दुई लाख ४८ हजार एक सय ९८, पाँच अमेरिकी डलर र एनआईसीमा एक लाख ९९ हजार दुई सय ९६ नगद मौज्दात रहेको छ । उनले स्रोत काठमाडौं महानगरपालिका भनी उल्लेख गरेका छन् । उनको पीएपमएस होल्डिङमा ३० लाख, राष्ट्रिय बचत पत्रमा क्रमशः ५० लाख ४० हजार, ५० लाख रहेको उल्लेख गरेका छन् । उनले परिवारको नाममा उक्त सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
पोखरेलले २५ लाख ५० लाख ऋण लिएको उल्लेख गरेका छन् । उनीसँग ३९ लाख ६५ हजार मूल्यको डल्फीन कार र रमेशकुमार पोखरेलकोे ७० लाख मूल्यको किया विद्युतीय सवारीसाधन रहेको छ । उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रहेको र ऋण सापटी ७५ लाख रहेको उल्लेख गरेका छन् ।
संस्कृति मन्त्री खडक राज पौडेल
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलेको स्थायी ठेगाना कास्की पोखरा वडा १४ मझेरी पाटन रहेको छ । उनको कास्की पोखरा वडा १४ स्थित दुई करोड ६० लाखको घर रहेको छ । जुन उनकी भाउजू सन्तोषी शर्माले ऋण र पैतृक सम्पत्तिबाट जोडेको उल्लेख गरेका छन् ।
मन्त्री पौडेलेको तीन हजार आठ सय ११ वर्गमटिर, एक हजार तीन सय ११ वर्गमिटर र एक सय ३८ मिटर क्षेत्रफलको जग्गा रहेको छ । जुन पोखरामा रहेका छ भने जग्गाधनी उनको आमा खीम कुमारी पौडेल रहेकी छिन् ।
उनीसँग ११ तोला सुन र पाँच तोला चाँदी रहेको छ । जुन पैतृक रहेको छ ।
उनको परिवारको सदस्यको नाममा विभिन्न बैंकमा क्रमश ५१ हजार सात सय ५०, आठ लाख आठ हजार चार सय ९६, एक लाख ३५ हजार, दुई लाख चार हजार आठ सय ४०, १० ला र ७२ हजार नौ सय ३६ नगद मौज्दात रहेको छ ।
मन्त्री पौडेलसँग १८ हजार एक सय ५२ कित्ता सेयर रहेको उल्लेख गरेका छन् भने उक्त सम्पत्तिको स्रोत बचत रहेको उल्लेख गरेका छन् ।
उनले एक करोड ४० लाख ऋण लिएको बताएका छन् । मन्त्री पौडेलसँग चार लाख मूल्यबराबरको दुई थान स्कुटर दाइ पशुपति पौडेलेसँग ३५ लाखको जीप रहेको छ । जुन ऋण पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना
सञ्चार तथा सुचना प्रविध मन्त्री डा. विक्रम तिमिल्सिनाको स्थायी ठेगाना नुवाकोट पञ्चकन्या वानियाटार वडा १ रहेको छ भने हाल काठमाडौं नागार्जुन वडा १ मा बसोबास रहेको छ ।
मन्त्री तिमिल्सिनासँग काठमाडौं नार्गाजुन वडा १ मा एक सय ४२ वर्गमिटरमा घर रहेको छ । जसको स्रोत स्वदेश र विदेशमा काम गरेको आम्दानीबाट जोडेको बताएका छन् ।
उनको काठमाडौंमा एक सय ७४ वर्गमिटर जग्गा रहेको छ । मन्जु गैरको नाममा रहेको छ भने वैदेशिक आम्दानीबाट उक्त जग्गा लिएको बताएका छन् ।
मन्त्रि तिमिल्सनासँग एक तोला सुन, एक तोलाको सुनको औठी, डेढ तोलको तिहरी दुई तोलाको वालाको सुन रहेको छ भने एक तोलको मोती र १० तोला चाँदी रहेको छ । जसको स्रोत पृत्तिक सम्पत्ति रहेको छ ।
विक्रम तिमिल्सिनाको नामा १० लाख २४ हजार तीन सय ६५ र मन्जु गैरको नामा १० हजार २१ नगद मौज्दात रहेको छ । उनको ४८ लाख ऋण रहेको छ । उनले उक्त ऋण विभिन्न व्यक्तिबाट लिएको उल्लेख गरेका छन् । उनले विक्रम तिमिल्सिनाको नामा २३ लाख मूल्यको सवारीसाधन रहेको उल्लेख गरेका छन् । जसको स्रोत स्वदेश र विदेशमा काम गरी भएको आम्दानीबाट आर्जन गरेको उल्लेख गरिएको छ ।
कृषिमन्त्री गीता चौधरी
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको हाल काठमाडौं वडा ९ बत्तीसपुतलीमा बसोबास रहेको छ ।
उनको वर्दिया राजपुरमा ३० लाखबराबरको जग्गा र रुपन्देही सैनामैनामा एक हजार एक सय ५० वर्ग मिटर जग्गा रहेको छ । जसको स्रोत पैतृक सम्पत्ति रहेको छ । उनीसँग ५ तोला सुन र एक सय तोला चाँदी रहेको छ । जसको स्रोत पैतृक सम्पत्ति रहेको छ । मन्त्री चौधरीको विभिन्न बैंकमा एक लाख २५ हजार नगद मौज्दात रहेको छ । जुन उनले आफूले कमाएको बताएकी छिन् । उनीसँग तीन लाख ३० हजार मूल्यबराबरको स्कुटर रहेकोे छ ।
उद्योगमन्त्री गौरी कुमारी यादव
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको बसोबास काठमाडौं वडा ९ सिनामंगल रहेको छ ।
मन्त्री कुमारीको काठमाडौं वडा ९ मा तीन तल्लाको घर रहेको छ । जसको स्रोत उल्लेख गरिएको छैन ।
उनको काठमाडौं वडा १० मा क्रमशः १४ आना, सात आना, नौ आना जग्गा रहेको उल्लेख गरेकी छिन् । साथै उनको बर्दिबासमा १४ कट्ठा, १५ कट्ठा समेत जग्गा रहेको उल्लेख गरेकी छिन् । जसको स्रोत सार्वजनिक गरिएको छैन ।
उनको एक सय ८० तोला सुन दुई किलोग्राम चाँदी हिरा दुई सेट रहेको छ । उनले रुसमा व्यापार गर्दा जोडेको उल्लेख गरेकी छिन् । उनको विभिन्न बैंकमा सात लाख नगद मौज्दात रहेको छ । त्यस्तै उनले शिवजी यादवको नाममा एक लाख ५० हजार नगद मौज्दात रहेका उल्लेख गरेकी छिन् । उनले परिवारको सदस्यको नाममा एक करोड ६० लाख ऋण लिएको बताएकी छिन् ।
उनीसँग ५७ लाखको हुन्डाई सवारीसाधन रहेको छ । जुन परिवारको नाममा रहेको छ ।
श्रममन्त्री रामजी यादव
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्थायी ठेगाना सप्तरी राजविराज ९ रहेको छ । उनको घर सप्तरी राजविराज वडा ९ स्थित ११ वर्गमिटरमा रहेको छ । जसको सम्पत्ति स्रोत पैतृक रहेको छ ।
उनको जग्गा राजविराज ९ मा क्रमशः दुई रोपनी, ६ रोपनी, ११ रोपनी र १० आना रहेको छ । जुन पैतृक सम्पत्ति भएको उल्लेख गरेका छन् ।
उनीसँग ८० तोला सुन, एक सय ५० तोला चाँदी रहेको छ, जसको स्रोत व्यवासाय र रोजगार रहेको छ ।
उनको परिवारको विभिन्न बैंकमा ७० लाख नगद मौज्दात रहेको छ । जसको स्रोत तलब, व्यवसाय र कृषि उल्लेख गरिएको छ । उनले
रामजी यादवको नाममा दुई लाख ७० हजार मूल्यको मोटरसाइकल रहेको उल्लेख गरेकी छिन् ।