काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत आएका एक भारतीय नागरिक करिब दुई किलो गाँजासहित पक्राउ परेका छन् ।

सोमबार काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई आवश्यक अनुसन्धानका लागि बरामद गाँजासहित नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।