काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ६२ लाख १८ हजार आठ सय दुई रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा नौ करोड २४ लाख ५५ हजार दुई सय २५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासमा आठ अर्ब ५८ करोड १२ लाख १८ हजार ३९ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८४ करोड ९० लाख ३६ हजार चार सय १० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड १५ लाख ७७ हजार दुई सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले छ अर्ब ५० करोड ६७ लाख ७९ हजार सात सय ७२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड ८१ लाख २२ हजार एक सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २६ लाख ४३ हजार नौ सय २५ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।