काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज सोमबार दिउँसो ३ः०० बजे बस्ने भएको छ । सोमबारको बैठकले सचिवालयले प्रस्ताव गरेका बुँदालाई छलफल गरेर अनुमोदन गर्नेछ ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ ।
यसैबीच, आइतबार बसेको रास्वपाको सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्यको सङ्गठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल भएको थियो ।