काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २१ करोड ८९ लाख १० हजार दुई सय १३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १७ करोड ११ लाख १९ हजार तीन सय ७७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४९ रुपैयाँ रहेको फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा २२ अर्ब ७३ करोड ९७ लाख ९८ हजार दुई सय १२ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड ४७ लाख नौ हजार नौ सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६८ करोड ४७ लाख ७२ हजार सात सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
गत आवको सोही अवधिमा फाइनान्सले २१ अर्ब तीन करोड ४६ लाख ३० हजार ५१ रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख ३० हजार पाँच सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६२ करोड ११ लाख ६५ हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।