काठमाडौँ । देशका विभिन्न स्थानबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले ४१ जनालाई पक्राउ गरेको छ । चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट, नगद रु. ६८ हजार २०० सहित काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
शनिबार पक्राउ परेका अभियुक्तहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ ।
प्रहरीले काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरेको छ ।
यसैगरी, कञ्चनपुरको वेदकोट नगरपालिका–८ बाट दुई, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोब्रैयाबाट दुई, इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका–१ बाट दुई, सैनामैना नगरपालिका–५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो ।
यसैगरी, दाङको घोराही उपमहानगरपालिका–५ बाट शीतलपुरबाट एक, विराटनगर महानगरपालिका–१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ बिसौनीबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।