काठमाडौं । माइतीघर मण्डलामा नेकपा (एमाले) का सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र आफूलाई बलात्कारपीडित बताउँदै आएकी शोभा पाठकबीच कुटाकुट भएको छ।बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले मुद्दा दायर गरेकी छन्। सोही विषयलाई लिएर दुवै पक्षबीच विवाद चर्किँदा माइतीघर क्षेत्रमा कुटाकुट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनास्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि स्थिति नियन्त्रणमा आएको बताइएको छ। अम्बिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाठक अस्पताल पुगेकि छन् । अस्पतालबाट भिडीयो जारि गर्दै पाठकले कुनै पनि हालतमा उसलाई नछाड्न प्रहरीसँग अपिल गरेकी छन् । उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । प्रहरीले यो बिषयमा अनुसन्धान अघि बढाउने तयारी गरेको जनाइएको छ।