जनकपुरधाम ।
प्रदेश २ सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्राचार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार पठाएको पत्रमा असोज २४ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने अवस्था नभएकाले स्थगित गर्न माग गरेका हुन् ।
कोरोना भाइरसको महामारी विद्यमान रहेको र प्रदेश २ महामारीबाट सबैभन्दा बढी प्रभावित रहेको पत्रमा लेखिएको छ । त्यस्तै ट्रेड युनियनको चुनावमा थ्रेसहोल्डको विवाद रहेको र यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पनि निर्वाचन स्थगित गर्नुपर्ने मुख्यमन्त्री राउतले पत्रमा उल्लेख गरेका छन् ।