काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ नेपाल सह–आयोजकको रूपमा जोडिएको छ ।
महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब चार सय उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । निर्यात, कृषि, पर्यटन, ऊर्जा, एआई, आईटी तथा सूचना प्रविधिलाई मुख्य विषय बनाइएको समिटमा महासंघले निर्यात क्षेत्रका मुद्दाहरूलाई प्रमुख रूपमा उठाउने जनाएको छ । महासंघका अध्यक्ष घिमिरेले अर्थतन्त्रका वर्तमान चुनौती समाधानका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए । नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले विभिन्न क्षेत्रका नीतिगत तथा व्यवहारिक चुनौती, सम्भावना र अवसरबारे उद्यमीहरूबीच व्यापक संवाद गरिने जानकारी दिए ।