अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पका साउथ एण्ड सेन्ट्रल एसिया स्पेशल एनभोय सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेसँग भेटवार्ता गरेका छन् ।शनिबार भएको उक्त भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक पार्टनरशिपलाई थप स्ट्रेन्थेन गर्ने विषयमा डिस्कसन भएको गोरले सोसल मिडियामार्फत जानकारी दिएका छन्। मिटिङपछि गोरले नेपालमा नयाँ गभर्मेन्टप्रति जनताबाट आएको म्यान्डेटलाई ‘अनबिलिभेबल’ भन्दै गभर्मेन्टले घोषणा गरेका रिफर्महरू धेरै प्रोमिसिङ रहेको उल्लेख गरेका छन्। गोर बिहीबार साँझ काठमाडौं आइपुगेका थिए। नेपाल बसाइका क्रममा उनले फाइनान्स मिनिस्टर डा। स्वर्णिम वाग्ले र फरेन मिनिस्टर शिशिर खनालसँग पनि छुट्टाछुट्टै मिटिङ गरेका थिए। उनको शनिबार राति दिल्ली प्रस्थान गर्ने कार्यकम रहेको बुझिएको छ ।