काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्कासनको प्रकृया सुरु गर्न अनुमती दिएको छ । राष्ट्र बैंकले वैशाख १७ गतेको पत्रमार्फत बैंकलाई हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसंगै बैंकलाई हकप्रद निष्कासनको लागि बाटो खुलेको छ । अब बैंकले जेठ १८ गते बोलाएको साधारणसभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले हकप्रद निष्कासन गर्ने तयारी बैंकले गरेको छ ।
बैंकको चुक्ता हाल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । बैंकले २ः१ को अनुपातमा ५० प्रतिशतले हुन आउने सात अर्ब ४५ करोड ८७ लाखको हकप्रद निष्कासनको प्रस्ताव गरेको हो । हकप्रद सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ नाघ्ने छ ।