काठमाडौँ । खानी तथा भूगर्भ विभागले धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर बिहीवार ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको जनाएको छ ।

धादिङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।