काठमाडौं, सूर्यमुखी तेल उत्पादन गर्ने ओमकार आयल इन्डस्ट्रिज लि. का सञ्चालक निजय श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले श्रेष्ठलाई ललितपुरको गोदाबरी नगरपालिका–५, लेलेस्थित कारखानाबाट पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार ‘छाहारी’ ब्रान्डमा सूर्यमुखी तेल उत्पादन गर्दै आएको यो उद्योगबाट उत्पादित तेलको प्याकेजमा कालोबजारी गरी कम परिमाणमा राखेर बजार पठाउन तयारी अवस्थामा राखिएको अवस्थामा ९०५ कार्टुन तेलसहित उनलाई पक्राउ गरिएको हो । यस ब्रान्डको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री वितरण भइरहेको गोप्य सूचना प्रहरीमा पुगेको थियो । प्रहरीको अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेको प्रहरीले जनाएको छ ।