काठमाडौं । कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ अभियान सुरु गरेको छ ।
यस अभियानअन्तर्गत तयार गरिएका भिडियोमार्फत त्यस्ता उद्यमी र स्थानीय साना व्यवसायीहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले आफ्नो समुदायमा निरन्तर महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । अभियानले उनीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षलाई पनि उजागर गरेको छ । यो अभियानले नेपालमा कोका–कोला र स्थानीय उद्यमीबीच दशकौँदेखि कायम रहेको सम्बन्धलाई पनि झल्काउने जनाइएको छ । यी उद्यमीहरूले स्थानीय व्यवसायलाई अघि बढाउन, रोजगारी र जीविकोपार्जनलाई सहयोग गर्न तथा कोका–कोलालाई देशभरका साझा खुसीका क्षणहरूको हिस्सा बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।