काठमाडौं । शेयर बजार परिसुचक नेप्से एवं कारोबार रकम दुबै खुम्चिएको छ । अघिल्लो दिन ३९ दशमलव ४४ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार पनि चार दशमलव १५ अंकले ओरालो लागेर २७ सय ४० दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले ओरालो लागेर चार सय ६७ दशमलव ५५ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको ४२ हजार एक सय ७६ पटकको कारोबारमा ५६ लाख ४३ हजार दुई सय ८८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार तीन सय ६१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र व्यापार उपसमुहको सुचक बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटै उपसमुहहरुको सुचक खुम्चिएका छन् ।