काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष प्राडा डिल्लीराज शर्माले अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले दिएको राजीनामा सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले स्वीकृत गरेको बैकले जानकारी दिएको छ ।

अध्यक्ष शर्माले वैशाख २४ गतेबाट लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका हुन् ।