काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले गण्डकी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीले नवलपुरको दलदलेमा आफ्नो नयाँ सोरुम सुरु गर्दै गण्डकी प्रदेशमा आफ्नो बजार विस्तार गरेको हो ।
राइनो टायल एण्ड मार्बल ट्रेड लिंकद्वारा व्यवस्थापन गरिएको यस नयाँ सोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायलहरू सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउने कम्पनीले जनाएको छ । सोरुमको उद्घाटन कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी केसीको उपस्थितिमा भएको थियो । सोरुमलाई ग्राहकवर्गलाई आकर्षित गर्ने र सहजता प्रदान गर्ने किसिमको आधुनिक शैलीमा व्यवस्थित गरिएको छ । कम्पनीका अनुसार शोरुममा आउने ग्राहकहरूले कजारिया उत्कृष्ट वाल र फ्लोर टायल्सका विविध विकल्पहरू प्रत्यक्ष रूपमा छामेर, यसका बुट्टा र फिनिसिङ अवलोकन गरी आफ्ना घर तथा परियोजनाहरूका लागि उपयुक्त डिजाइन सहजै रोज्न सक्नेछन् ।