किभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली संघबीचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ । इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक बर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अर्ब युरो (१०४.७ बिलियन अमेरिकी डलर) प्राप्त गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको युक्रेनको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
अर्थमन्त्री सर्गेई मार्चेन्कोले भने, “यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपोषण गर्न र रूससँगको द्वन्द्वको बीचमा देशको रक्षा क्षमता सुदृढ गर्न महत्त्वपूर्ण साधनको रूपमा काम गर्नेछ ।”