काठमाडौं ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा दिने भएको छ । यसको लागि कम्पनीले कोभिड १९ रिभाइवल स्ट्रयाटिजी नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले संस्थागत परामर्श सेवाअन्तर्गत साना तथा मझौला उद्यमीहरूलाई हाल विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ बाट पर्न गएको असरलाई न्यूनीकरण गरी उनीहरूको व्यवसायलाई पुनरुद्धार गर्नको लागि कोभिड १९ रिभाइवल स्ट्रयाटिजी नामक नयाँ संस्थागत परामर्श सेवा सुरु गरेकोे हो ।
हाल कोभिड– १९ को विश्वव्यापी रूपमा फैलिएको महामारीको कारणले अधिकांश व्यक्तिहरूको दैनिकीमा असर परेको अवस्थामा साना तथा मझौला उद्यमीहरूका लागि निकै असहज परिस्थिति सिर्जना भई व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो परेको देखिन्छ । यस्तो समस्यामा परेका उद्यमीहरूको पुनरुद्धार संस्थागत परामर्श सेवामार्फत व्यवसायलाई नवीनतम ढंगबाट चुस्त दुरुस्त गराई पुनर्सञ्चालन गर्न सहयोग गर्ने प्रमुख उद्देश्यका साथ यस एनआईसी एसिया क्यापिटलले कोभिड १९ रिभाइवल स्ट्रयाटिजी नामक नयाँ संस्थागत परामर्श सेवा सञ्चालन गरेको हो । यस संस्थागत परामर्श सेवाअन्तर्गत उत्पादित वस्तुको मूल्य निर्धारण, नगल लाभांश, व्यावसायिक योजना आदि रहेको कम्पनीले जानकारी दिएको छ ।