काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ । दुुबै कम्पनीहरूले गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेका हुुन । सम्झौतामा बैंकमा तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका तर्फबाट कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ग्राहकहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएको बैंकका अनुसार पछि हुण्डाइ ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरिद गर्न चाहेमा नौ दशमलव पाँच प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् । यस सेवाअन्तर्गत ग्राहकहरूले बैंकको हाल सञ्चालनमा रहेका ९१ वटै शाखाहरूबाट आफ्ना ग्राहकलाई कर्जा प्रदान बैंकले जानकारी दिएको छ ।