ललितपुर । ललितपुर महानगरपालिका ५ कुमारीपाटीस्थित शुभागमन बहुउद्देश्य सहकारी संस्थाबाट नगद सात लाख सात हजार छ सय २५ रुपैयाँ र सीसीटीभी डिभाइस समेत शुक्रबार चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।