काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्सको १६ करोड ९७ लाख ५० हजार छ सय २५ रुपैयाँबराबरको हकप्रद सेयरको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डका अनुसार यसअघि कम्पनीले एक एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी फाइनान्सको हाल कायम रहेको चुक्ता पुँजीबाट एकबराबर एक दशमलव २५ को अनुपातमा १६ लाख ९७ हजार पाँच सय छ दशमलव २५ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिइएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।