काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक बराबर एकको अनुपातमा ९९ करोड ८३ लाख २३ हजार दुुई सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार दुुई सय ३२ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीका अनुसार बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद सेयर जारी गर्ने उक्त निर्णय कार्यान्वयनमा आउनेछ ।