काठमाडौं, पुस १३ कञ्चन डेभलपमेन्ट बैंकको सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । बैंकको १०औँ वार्षिक साधारणसभा सम्वन्धी प्रयोजनको लागि यही पुस १५ गते सेयर दाखिला तथा खारेजी बन्द हुने भएको हो । बैंकका अनुसार यही पुस सात गते बसेको सञ्चालक समितीको एक सय ७३औँ बैठकले वार्षिक साधारणसभा सम्वन्धी प्रयोजनको लागि पुस १५ गते सेयर दाखिला तथा खारेजी बन्द गर्ने निर्णय गरेको हो ।