काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दाखिला तथा खारेजी बन्द हुुने भएको छ । कम्पनीको आगामी मंसिर ४ गते हुुनलागेको १०औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुुनलागेको हो ।
कम्पनीले उक्त वार्षिक साधारणसभा मार्फत सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने पाँच जना तथा सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक जना समेत गरी कुल छ जनाको निर्वाचन गर्ने तयारी गरेको छ । यसका अतिरिक्त बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत रहेको कम्पनीले जनाएको छ ।