काठमाडौं ।
आरएसडीसी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुुई करोड ८१ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अविधमा संस्थाको यस्तो नाफा दुुई करोड २८ लाख १५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ६७ करोड ९५ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन करोड ९१ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ९६ करोड २८ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४५ लाख ५५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव १९ प्रतिशत रहेको थियो ।