काठमाडौं ।
लामो समयदेखि साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहँदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा निधन भएको छ । जोशीको मंगलबार कमलपोखरीस्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्काघातका कारण निधन भएको हो । उनले साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडअन्तर्गतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए ।
कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गीय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरू छन् ।