काठमाडौं,पुस १७
सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । गत मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार गते चर्चित हास्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाखको चेक हस्तान्तरण गरेका थिए ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् । अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुबा हरी किशोर कामतीले बताए । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं’, जितेन्द्रका बुबाले भने, ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।’
यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन् । ती ३० जना मध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् र २१ जना ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेका छन् । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा एक सय वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकहरुले एक सय वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक एक सय रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३ सय ५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विशेष कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले पाँच सय रुपैयाँ रिचार्ज गरेमा पाँचवटा विशेष कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि१ टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुने कम्पनीले जनाएको छ ।