काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही माघ आठ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को लागि हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार चार सय ८५ रुपैयाँमध्येबाट आठ प्रतिशतका दरले हुनआउने नौ करोड २० लाख २५ हजार ७९ रुपैयाँबराबरको बोनस सेयर र बोनसमा लाग्ने करसहित दुई प्रतिशत अर्थात् दुई करोड ३० लाख छ हजार दुई सय ७० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालन समितिले गरेको निर्णय नियमनकारी निकाय बीमा समिति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।