काठमाडौं ।
सिटिजन्स बैंकका ग्राहकहरूले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट, कुमारीपाटी, ललितपुरबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई रेष्टुरेन्टको सेवाशुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् सिटिजन्सका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ ग्राहक तथा कर्मचारीहरूले वन डे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।