काठमाडौं ।
आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्र्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड २४ लाख १४ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६५ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ कारेड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब छ करोड १२ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड ८७ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २६ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा चार दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५९ करोड ५१ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ५६ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड १५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।