काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउनेछन् । ग्राहकहरूले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाइल बैकिङ सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै एक सय रुपैयाँ बोनस प्राप्त गर्ने सक्नेछन ।
यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइनेछ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङको प्रयोगकर्ताहरूले मात्र सहभागी हुन सक्नेछन् । ग्राहकहरूले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरेपछि उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरूको खरिद गर्न सक्नेछन् ।
साथै, बैंकका ग्राहकहरूले वस्तु तथा सेवा खरिदपछि सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।